गृहपृष्ठ विराटनगर ‘छोरी बचाउ अभियान’
विराटनगर ‘छोरी बचाउ अभियान’
विराटनगर । महानगरपालिकाले ‘छोरी बचाउ अभियान’अन्तर्गत पहिलो सन्तान छोरी जन्माउने आमालाई आज प्रोत्साहन भत्ता प्रदान गरेको छ । महानगरपालिकाले आज एक कार्यक्रमकाबीच पहिले छोरी जन्माउने १५ जना आमालाई प्रोत्साहन भत्ता स्वरुप जनही ३ हजार रुपैयाा प्रदान गरेको छ । जनप्रतिनिधी वहाली भएसागै महानगरपालिकाले परिषद्मा बजेट छुट्याएर प्रोत्साहन भत्ता दिइने व्यवस्था गरेको हो । महानगरपालिकाका मेयर भिम पराजुली तथा उपमेयर इन्दिरा कार्कीले संयुक्त रुपमा पहिलो छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता प्रदान गर्नुभयो । समाजमा देखिने छोरा र छोरीबीचको विभेद अन्त्य गर्न महानगरपालिकाले यो अभियान प्रारम्भ गरेको हो । प्रोत्साहन भत्ता पाउन महानगरपालिकाले चार वटा मापदण्ड बनाएको छ । नेपाली नागरिक हुनुपर्ने, २० वर्षपछि विवाह गर्ने, गर्भ अवस्थामा नियमित चार पटक स्वास्थ्य जााच गराउने तथा स्वास्थ्यकेन्द्रमा प्रसुति गराउनेलाई महानगरपालिकाले प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको छ ।
प्रकाशित समय : १९:१६ बजे