गृहपृष्ठ प्रधानमन्त्रीको निवास बालुवाटारमा चियापानको आयोजना

प्रधानमन्त्रीको निवास बालुवाटारमा चियापानको आयोजना

प्रधानमन्त्रीको निवास बालुवाटारमा चियापानको आयोजना
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा विश्वासको मत दिने र राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई मत दिई विजयी गराउने सांसदहरुलाई धन्यवाद दिएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज संयुक्त चियापानको आयोजना गरी सांसदहरुलाई निर्देशन दिएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सांसदहरुलाई जनताको काम इमान्दारिता पूर्वक गर्न निर्देशन दिनुभयो । भ्रष्टाचार र सुशासन सरकारको प्रमुख लक्ष्य भएको भन्दै भ्रष्टाचार गर्नेलाई अनुहार नहेरी कारबाही गर्ने प्रतिबद्धता दोहोर्‍याए ।  प्रधानमन्त्री ओलीले न्यायालयमा बेतिथि बढेको भन्दै अब चााडै समस्या समाधान हुने पनि बताएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धि अबको एक मात्र एजेण्डा भएको भन्दै सांसदहरुलाई त्यही अनुरुप काम गर्न निर्देशन दिनुभयो । पार्टी एकता नरुचाउने तत्व सल्बलाउन थालेको भन्दै उहााले त्यसप्रति आफूहरु सचेत भएको बताउनु भयो । अध्यक्ष दाहालले जनप्रतिनिधिमाथि आक्रमण हुन थालेको भन्दै सरकार त्यसप्रति सचेत हुनु पर्ने बताउनुभयो ।

प्रकाशित समय : १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु