global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ उपचारमा ढुक्क हुने वातावरण छ : चौधरी

उपचारमा ढुक्क हुने वातावरण छ : चौधरी

उपचारमा ढुक्क हुने वातावरण छ : चौधरी

विगत लामो समयदेखि स्वास्थ क्षेत्रमा कार्यरत रवि चौधरी भारतको कोलकाताबाट २००९ मा स्नातक अध्ययन पूरा गरे । काठमाडौंको नर्भिक इन्टरनेसनल हस्पिटलमा १२ बर्ष काम गरेका हाल काठमाडौको बल्खुस्थित वयोधा हस्पिटलको प्रबन्ध कार्यकारी हुन । उनै चौधरीसँग वयोधा हस्पिटलको बारेमा न्युजकारोबारको लागि संवाददाता सन्जय श्रेष्ठले गरेको कुराकानीको आधारमा प्रस्तुत गरिएको छ ।

• वयोधा हस्पिटलको अवस्था कस्तो छ ?

संचालन गरेको ५ वर्ष पुरा भई ६ पुगेको छ । वयोधा हस्पिटलले बिरामीलाई विशेष सेवा दिंदै आएको छ । १०० प्रतिशतलाई खुशी पार्ननसकिए पनि ९५ प्रतिशतलाई खुशी पार्न सफल छ वयोधा ।

•यो कस्तो हस्पिटल हो ?

नेपाली जनतालाई स्वास्थ सेवा दिने पबित्र उद्देश्यका साथमा चेन अफ हस्पिटलको अवधारना बोकेर एडभान्स उपकरण अनुभवी चिकित्सक र प्रभावकारी व्यवस्थापनबाट संचालित एक पुर्ण हस्पिटल हो। हामी सबै किसिमको बिरामीलाई उत्तिकै प्राथमिकतामा राखेर उपचार गर्दछौं।

•वयोधा हस्पिटलको सेवा सुविधाहरू साधारण मजदुर वर्ग को पहुचमा पनि छ ?

यस हस्पिटलमा सबै वर्गको बिरामीले उपचार गराउँन आउँछन् । १५०० देखि १५००० सम्मको शैया भयको कोठा छ। क्वालिटी नर्सिङ केयर, सेन्टर अक्सिजन, सेक्सन, कुरुवा कोठा उपलब्ध छ ।यहाँ कुनै पनि वर्गको लागि उनीहरुलाई दिने सेवा सुविधामा भेदभाव छैन । सबै हाम्रा लागि बराबर हुन् । सबैलाई एकै किसिमको प्रविधिबाट उपचार हुने गर्दछ । बिरामीको क्षमता अनुसारले वेडरुम प्रयोग गर्न पाउँछ ।

अहिले धेरै जसो हस्पिटलमा समस्याहरु देखिएको छ,कि विरामीले एउटा रोगको उपचार गर्ने जान्छ,तर अर्को रोकका उपचार डक्टरबाट भएको पाइन्छ । यहाँ चाहि ढुक्क हुने वातावरण के छ ?

हस्पिटलको आफ्नै नियम हुन्छ । त्यो नियम अनुसार हामीले काम गर्नु पर्ने हुन्छ । म एक डक्टरको हिसाबले कुरा गर्नु पर्दा बिरामी हाम्रा लागि विशेष महत्वपूर्ण हुन्छ । हामीले उहाँहरुको समस्यालाई राम्ररी केलाएर नै रोक पत्ता लगाई उपचार गरिन्छ । र हाम्रो हस्पिटलको पनि छुट्टै प्रोटोकल छ । त्यसलाई पालना गछौं । उपचार गर्दा बिरामीको चेक लिष्ट हेछौं  त्यही अनुशार  अनुसार  उपचार गर्दछौ । वयोधामा बिरामी ढुक्कसँग उपचार गराउने वातावरण छ । अस्पतालको आफ्नै नियम हुन्छ त्यो नियमलाई पालना गरेर काम गछौं ।विरामिको आफन्तलाई पनि पालना गर्न लगाउँछौ।

रुप टप हेलिप्याडको सुविधा कत्तिको प्रभावकारी छ । वयोधाको हेलिकप्टर पनि छ ?

यो सुविधाको पहिलो उद्देश्य भनेको समयको वचत हो । कुनै केस यस्तो हुन्छ जस्मा केहि मिनटको पनि महत्व हुन्छ । यस्तो अवस्थामा समय एक्दमै महत्त्वपूर्ण हुन्छ । समयमा उपचार पाउनु सबैभन्दा ठुलो कुरा हो । त्यसकारण पनि यो सुविधा धेरै नै प्रभावकारी छ । यो शायद भनिरहनु नपर्ला, अहिलेसम्म  करिव ५०० जति विरामी हेलिकप्टरबाट ल्याएर उपचार गराएका छौ । यदी एम्बुलेन्स प्रयोग गरेको भए विरामी बाच्ने सम्भावना कम हुँन्थ्यो होला । छिटोको लागि हो । सरकार पनि यो विषयमा गम्भीर छ र गम्भीर हुनु पर्छ । छलफल हुँदै छ सायद छिट्टै सबै हस्पिटलमा लागू हुने कानुन बन्दै छ । वयोधासँग हेलिकप्टर छैन तर विमान कम्पनीसँग कुरा गरिरहेका छौ ।

 

प्रकाशित समय : ०३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु