गृहपृष्ठ दुई बस संचालनमा
दुई बस संचालनमा
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले दुई बस संचालनमा ल्याएकोे छ । मध्यवर्गीय पर्यटकलाई लक्षित गरी सो बस संचालनमा ल्याएकोे हो । २८ सिट क्षमता भएको बसमा ‘नेक रेष्ट’ सिट र शौचालय सहित उक्त बसमा काठमाडौँबाट पोखरा जानका लागि खानासहित एक हजार ५०० लाग्ने प्रालिले जनाएको छ । काठमाडौंदेखि पोखरासम्म सेवा प्रदान गर्ने अध्यक्ष प्रह्लाद लोहनीले बताए । हाल ७ वटा बस संचालनमा रहेको ट्राभल नेपालको आगामी दिनमा सौराहा र जनकपुरसम्म सेवा दिने विस्तार गर्ने बताए ।
प्रकाशित समय : १३:५६ बजे