काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

वृद्धाश्रम निर्माणका लागि ४० लाख संकलन

11.82K
shares

दाङ । वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाज, तुलसीपुरको आयोजनामा तुलसीपुर उममहानगरपालिका–१२ रझेनामा रहेको केशव झुपा वृद्धाश्रमको भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले गत फागुन २४ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत महायज्ञबाट रु ४० लाख रकम आम्दानी भएको छ ।
वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष तथा महापुराण मूल आयोजक समितिका अध्यक्ष खुमानन्द अधिकारीले दिएको जानकारीअनुसार रु ३० लाख नगद र १० लाखको जग्गा गरी कूल रु ४० लाख रकम आम्दानी भएको हो । सो महायज्ञमा टेन्ट व्यवस्थापन, खादा तथा प्रमाणपत्र खरिद, प्रचारप्रसार र मूलवाचक तथा भजन टोलीका सदस्यलाई पारिश्रमिक र भोजन गरी करिब रु छ लाख खर्च भएको पनि संयोजक अधिकारीले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका–१२ रझेना निवासी दानवीर नारायणप्रसाद गौतम र उनकी धर्मपत्नी शान्ता गौतमले आफ्ना स्व बुबा केशव आचार्य तथा आमा झुपा आचार्यको स्मृतिमा वृद्धाश्रम निर्माण गर्नका लागि केही समय अगाडि दुई बिगाहा अर्थात् रु चार करोड मूल्य बराबरको जग्गा वृद्धाश्रम निर्माणका लागि वृद्ध सेवा समिति तथा ज्येष्ठ नागरिक समाज तुलसीपुरलाई प्रदान गरेका थिए । सोही जग्गामा वृद्धाश्रमको भौतिक पूर्वाधार निर्माणका लागि यसपटक महायज्ञ आयोजना गरिएको हो । महायज्ञको समापनका दिनमा दानवीर दम्पतीलाई विशेष नागरिक अभिनन्दनसमेत गरिएको थियो ।