global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ हिमालयन ऊर्जाले आइपीओ निष्कासन प्रस्ताव पारित गर्ने

हिमालयन ऊर्जाले आइपीओ निष्कासन प्रस्ताव पारित गर्ने

हिमालयन ऊर्जाले आइपीओ निष्कासन प्रस्ताव पारित गर्ने

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।
आउदो सोमबारसम्म आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीका प्रवन्धक प्रकाश दुलालले बताए । उनले आब्हानपत्र पनि बोर्डले पारित गरिसकेको जानकारी दिएका छन् । आउदो २४ गते हुने १७ औं वार्षिक साधारणसभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने दुलालले जानकारी दिए ।
कम्पनीले सर्वसाधारणको १५ प्रतिशत अर्थात १४ करोड ७५ लाख र आयोजना प्रभावित स्थानीयबासीलाई १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीमा १ हजार ४२० जना संस्थापक लगानीकर्ता छन् । कम्पनीले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ ।
कम्पनीले १२ मेगावाटको उपल्लोखिम्ती र ७ मेगावाटको तल्लो खिम्ती आयोजना एकसाथ निर्माण गरिरहेको छ । १९ मेगावाट क्षमताका दुई आयोजना बनाउन ३ अर्ब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आउदो १५ महिनाभित्र अर्थात ०७५ चैतसम्म आयोजना सम्पन्न हुने उनले जानकारी दिए । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्ती खोलामा छ ।

प्रकाशित समय : १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु