global ime bank Long Banner Ad

गृहपृष्ठ बाली नष्ट गर्दै जंगली जनावर, खेतबारी बाझो राख्नुपर्ने बाध्यता

बाली नष्ट गर्दै जंगली जनावर, खेतबारी बाझो राख्नुपर्ने बाध्यता

बाली नष्ट गर्दै जंगली जनावर, खेतबारी बाझो राख्नुपर्ने बाध्यता


अछाम । जंगली जनाबरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । समयमै पानी नपर्नाले र सिँचाइको सुविधा नहुँदा बाँझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको अन्न र तरकारी बाली जंगली जनावर बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कतिपय किसानहरुले खेती गर्न छोडेका छन् ।
जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था आउन थालेको साफेबगर नगरपालिका–१० घुघुरकोटका स्थानीय कुलराज भट्टले बताए । एक हजारको बथानमा आउने बाँदरको समूहले गहुँबाली खाइसक्यो उनले दुःखेसो पोख्दै भने, ‘आफूले खान नपाएपछि किन बाँदर र बँदेलको लागि खेती लगाउनु रु दुख गरेजति उत्पादन हुँदैन त्यसमा पनि जंगली जनाबरले खाएर हैरान पारेको छ ।’
सबै काम छोडेर बाँदर भगाउने काममा जुटेका छन् स्थानीयवासी । बान्नीगढ जयगढ गाउँपालिका–१ गाज्राका नरबहादुर खड्का पनि बँदेलदेखि हैरान भएका छन् । उनले भने, ‘बँदेलले गाउँलेले बारीमा लगाएको गहुँ र तरकारी एउटा पनि राखेन । एक त समयमै पानी नपर्नाले हामीले मार खेप्नु परेको छ भने अर्कोतिर दःुख गरेर लगाएको खेतीसमेत बँदेलले आएर खान थाल्यो ।’ साफेबगर नगरपालिका– ३ कि मंगलादेवी कुँवरले बँदेल भगाउन रातभरी जाग्राराम बस्दा पनि बारीमा लगाएको मकै जोगाउन सक्नुभएन ।
गाउँ नजिकैको सामुदायिक वन पाल्न थालेपछि जंगली जनावरको विगविगी बढ्न थालेको उनले बताए । नगर प्रमुख कुलबहादुर कुँवरले जँगली जनावरले पारेको समस्याका बारेमा आफू कहाँ धेरै गुनासो आउने गरेको बताए । यहाँका स्थानीय कृषक जँगली जनावरबाट निकै पीडित बनेका छन् । ‘म कहाँ धेरै गुनासो आएको छ,’ कुवँरले भने, ‘सिँचाइको अभाव, जलवायु परिवर्तनका कारण उत्पादनमा कमी, परम्परागत कृषि प्रणाली र बसाइँसराइका कारण पनि खेतीयोग्य जमिन बाझै रहेका छन् । त्यसमाथि बँदेल बाँदरको आतंकले थप समस्या सिर्जना गरेको छ ।’

प्रकाशित समय : २२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु