गृहपृष्ठ मोफसलका दर्शकमाझ माया साँट्दै श्वेता

मोफसलका दर्शकमाझ माया साँट्दै श्वेता

मोफसलका दर्शकमाझ माया साँट्दै श्वेता

काठमाडौं, १२ फागुन । चलचित्र कान्छीमार्फत चलचित्रमा पुनरागमन गरेकी अभिनेत्री श्वेता खड्का यतिबेला मोफसलका दर्शकसँग माया साँटासाँट गरिरहेकी छिन् । चलचित्रले आक्रामक व्यापार गरेपछि कान्छी निर्माण युनिट सन्तुष्ट बनेको छ । दोस्रो सातामा पनि सफलतापूर्वक व्यापार गरिरहेको कान्छीलाई दर्शकले निकै रुचाएका छन् ।

काठमाडौंका विभिन्न हलहरुमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गरेकी अभिनेत्री तथा निर्मात्री श्वेता कान्छीको सफलता हेर्न यतिबेला मोफसल यात्रामा छिन् । उनी दर्शकको प्रतिक्रिया लिन र धन्यवाद व्यक्त गर्न उपत्यका बाहिरका हलहरु पुगेकी हुन् । श्वेता खड्कासँगै अभिनेता विनोद न्यौपाने र कलाकार दीलिप पन्त हेटौंडा, चितवन र बुटवलको यात्रामा निस्किएका हुन् । ‘हामी खुसी साट्न मोफसल निस्किएका हौं’, श्वेताले भनिन् कान्छीलाई राजधानी बाहिरका दर्शकले पनि साथ दिनुभएको छ ।’

आकाश अधिकारी निर्देशित कान्छीले दोश्रो सातामा पनि ८० बढी पर्दा पाएको वितरक गोपालकाजी कायस्थले जानकारी दिए । रिलिज पुर्वनै लगानी सुरक्षित गरेको कान्छीले सार्वजनिक प्रदर्शनीबाट सोचे भन्दा राम्रो दर्शकको साथ पाइरहेको छ । श्वेताले अस्ट्रेलिया प्रदर्शनबाट संकलित रकम भने गरिब बालबालिकाको शिक्षामा खर्च गर्ने बताएकी छिन् । त्यसो त सामाजिक कार्यत्रमा समेत सक्रिय रहेकी श्वेताले सिन्धुपाल्चोकका भूकम्पपीडितका लागि वस्ती निर्माणमा सहयोग गरेकी छिन् । पति श्रीकृष्ण श्रेष्ठको निधनपछि लामो समयसम्म उनी चलचित्र क्षेत्रबाट निकै टाढा रहिन् । कुनै सामाजिक कार्यक्रममा समेत देखिएकी थिइनन् । तर, लामो समयपछि उनी पुनः चलचित्र आएपनि दर्शकको माया उत्तिकै रहेको बताइन् । यस अघि उनी अभिनित चलचत्रि कोहिनुर निकै नै सफल भएको थियो ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु