global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ हृदयघातका कारण बलिउड अभिनेत्री श्रीदेवीको निधन

हृदयघातका कारण बलिउड अभिनेत्री श्रीदेवीको निधन

हृदयघातका कारण बलिउड अभिनेत्री श्रीदेवीको निधन

काठमाडौं, १३ फागुन । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । बैवाहिक समारोहमा सहभागी हुन दुवई गएका बेला उनको हृदयघातका कारण निधन भएको जनाइएको छ ।
उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन्। श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्।
उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो। बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल चलचित्रबाट काम शुरू गरेकी थिइन्। बालकलाकारकै रूपमा उनले तेलुगु र मलयालम चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन्।
दक्षिण भारतीय चलचित्रहरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिवूड चलचित्र ‘ सोलहवा साल’ बाट अभिनय शुरू गरिन्। पछिल्लो पटक उनको २०१७ मा मम नामक चलचित्र आएको थियो।

प्रकाशित समय : ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु