global ime bank Long Banner Ad

गृहपृष्ठ सत्रुगते १६ बर्ष मुनीकाले अभिभाबक बिना हेर्न नपाउने

सत्रुगते १६ बर्ष मुनीकाले अभिभाबक बिना हेर्न नपाउने

सत्रुगते १६ बर्ष मुनीकाले अभिभाबक बिना हेर्न नपाउने

काठमाडौं । चैत ९ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘शत्रु गते’ हेर्न १६ बर्ष मुनिकाले अभिभाबक बिना हेर्न नपाउने भएको छ । केन्द्रिय चलचित्र जाँचपास समिती (सेन्सर)बाट पिजी सर्टिफिकेट पाएको छ । जाँचपास गराइएको चलचित्रमा केहि द्धन्दको दृश्यहरु भएको कारणले चलचित्रलाई पिजी सर्टिफिकेट दिईएको हो ।
२ घण्टा ७ मिनेट लामो चलचित्रको हेर्न १६ बर्ष मुनिकाले सहजै हेर्न नपाउने भएकोले उनीहरुले आफ्ना अभिभावकको साथमा गएर चलचित्र हेर्नुपर्ने हुन्छ । चलचित्रका निर्देशक प्रदीप भट्टराई हुन् भने महसंचारको ब्यानरमा बनेको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् ।
हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा रहेको चलचित्रमा हरिवंश र निर्देशक भट्टराईको संवाद छ ।
चलचित्रमा काली प्रसाद बास्कोटा र टंक बुढाथोकीको संगीत, दीर्घ गुरुङको छायांकन रहेको छ भने मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेलसँंगै पल शाह र आँचल शर्माको जोडीको समेत अभिनय देख्न सकिन्छ । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल चलचित्रका निर्माता हुन् ।

प्रकाशित समय : २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु