प्रहरी प्रतिवेदनको नाममा कामदारमाथि भार
वि.सं.२०७४ फागुन १६ बुधवार ०३:०९
shares

काठमाडौँ, १५ फागुन। संयुक्त अरब इमिरेट्स (युएई)को नेपालस्थित दूतावासले रोजगारीमा जाने नेपाली कामदारको प्रहरी प्रतिवेदन प्रमाणीकरण गरेको नाममा प्रतिकामदार चार हजार ३०० रकम थप लिने गरेको छ ।
माघ २२ गतेदेखि युएईले रोजगारीका लागि युएई जाने कामदारस“ग प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने नियम आएको थियो । प्रमाणीकरणका नाममा थप रकम लिँदा कामदार मर्कामा परेका छन् । वर्षमा ५० हजार जति नेपाली रोजगारीका लागि युएईमा जाने गरेका छन् । यो आर्थिक भार थपिएपछि ती नेपाली कामदारमाथि रु २१ करोड ५० लाख रकम व्ययभार बढेको छ ।
वैदेशिक रोजगार व्यवसायी संघले युएई जाने कामदारबाट थप रकम असुल गर्दा कामदारलाई आर्थिक भार पर्न गएको संघका अध्यक्ष रोहन गुरुङले आज जारी गरिएको छ ।
यसअघि मलेसिया जाँदा भिएलएन, ओएससी, आइएससी, माईग्राम, बायोमेट्रिकका नाममा कामदारमाथि रु १७ हजार थप आर्थिक भार थोपरिए थियो c अहिले युएईमा पनि थप आर्थिक भार पार्न खोजिएको बताए ।
नेपाली श्रमिकलाई आर्थिक भार पार्ने गरी अनावश्यक शुल्क लिने दूतावाससँग त्यस्ता शुल्कहरु नलिनका लागि पहल गर्न सरकारसँग संघले आग्रह गरेको छ ।

























