nmb bank

गृहपृष्ठ नेपाली बजारमा सुजुकीको इन्टुडर मोटरसाइकल

नेपाली बजारमा सुजुकीको इन्टुडर मोटरसाइकल

नेपाली बजारमा सुजुकीको इन्टुडर मोटरसाइकल

काठमाठौं  । सुजुकी मोटरसाइकलको नेपालका आधिकारिक विक्रेता भिजि अटोमोवाइल्सले ‘सुजुकी इन्टुडर’ सार्वजनिक गरेको छ। १ सय ५० सीसीको यो सुजुकी इन्टुडर एम १८०० आरको नयाँ संस्करण हो। कम्पनीले यस मोटरसाइकलको बजार मूल्य ३ लाख ९ हजार ९ सय निर्धारण गरेको छ। १४।५९ बिएचपी उच्च शक्तिको यस मोटरसाइकलले १४ एनएम टर्क उत्सर्जन गर्छ।
११ लिटर इन्धन क्षमताको इन्टुडरले ४४ किलोमिटर माइलेज दिने कम्पनीले बताए। यो मोटरसाइकलमा कालो र खैरो रङमा उपलब्ध छ । ५ गियर ट्रान्समिसन छ। यसको दुबै पांग्रामा डिक्सब्रेक रहेको छ।
अटोमोवाइल्स प्रालीका प्रमुख कार्यकारी चिरन्जवी शाहले सुजुकी इन्टुडरलाई नेपालीहरुले निकै मनपराउने र विश्वास अझै धेरै प्रगढ हुँदै जाने बताए।

प्रकाशित समय : १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु