global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ चिनी मिलबाट निस्कने पानीले खोला दुर्गन्धित, गाँउमा बस्नै कठिन

चिनी मिलबाट निस्कने पानीले खोला दुर्गन्धित, गाँउमा बस्नै कठिन

चिनी मिलबाट निस्कने पानीले खोला दुर्गन्धित, गाँउमा बस्नै कठिन

बारा –कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिबाट निस्कने प्रदूषित पानीले बंगरी खोला नै दुर्गन्धित भए पछि गाँउमा बस्नै कठिन भएको छ । खोला दुर्गन्धित बनेपछि चिनी मिलभन्दा दक्षिणतर्फ बंगरी खोला बगेको दुई दर्जन गाउँका स्थानीयलाई समस्या भएको छ।उद्योगबाट निस्कले केमिकल्स मिसिएको दूषित पानीलाई खोलामा छाड्नुभन्दा पहिला रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले दूषित पानी प्रशोधन गरी सफा पानी बनाएर मात्रै खोलामा छाड्नुपर्ने नियम रहेको छ।
मिल सञ्चालक विरेन्द्र संघाई र राजकुमार अग्रवालले उद्योगबाट निस्कने प्रदूषित पानी प्रषोधन नगरी खोलामा छाड्ने गरेकाले गर्मी बढेसँगै खोला दुर्गन्धित बनेर गाउँमै बस्न नसकिने अवस्था आएको सुराहीका सुरेशप्रसादले बताए। खोलामा मिलले छाड्ने केमिकल मिसिएको पानीको दुर्गन्धले झिटकैया, सुराही, ब्रहपुरी, बन्जगरिया, बेलहिया, भतौडालगायत श्रीपुरभन्दा बगरी खोला बग्ने दक्षिणी गाउँका स्थानीयलाई गाउँमै बस्न नसकिने अवस्था आएको उनले बताए। चिसो मौसममा खोलामा मिसाइने दूषित पानी कम दुर्गन्धित हुने गरे पनि गर्मी बढेसँगै गाउँमा सास फेर्न समेत गाह्रो हुने गरेको उनले बताए । बंगरी खोला नै दुर्गन्धित बनेपछि खोलामा दाहसंस्कार गर्न र गाईभैंसी चराउन समस्या भएको बन्जरियाका अर्का स्थानीय भरत राउतले बताए। बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले रिलायन्स चिनी मिलबाट निस्कने प्रदूषित पानीले बगरी खोला दूषित भएको स्थानीयबाट गुनासो आएको बताए । प्रशासनले अर्को सिजनदेखि दूषित पानी प्रशोधन गरेर मात्रै खोलामा छाड्ने आश्वासन दिएको प्रजिअ मानन्धरले बताए।

प्रकाशित समय : २१:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु