global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज  विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं । आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ । यो वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसमा ‘शक्तिको निगरानी र नियन्त्रण ः सञ्चार, न्याय र विधिको शासन’ नारा दिइएको छ । सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको हो । यस वर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशीताबीचको सम्बन्धलाई उजागर गरी मनाईंदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ । नेपाल पत्रकार महासंघले काठमाडौंको बबरमहलदेखि बानेश्वरसम्म प्रभात फेरी गरेको छ । प्रभात फेरी पछि गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले अहिले पनि नेपालमा पत्रकारहरुमाथि आक्रमण गर्ने क्रम नरोकिएको बताए । उनले पत्रकारले स्वतन्त्ररुपमा लेख्न सक्ने अवस्था नभएको भन्दै राज्यबाटै पत्रकारहरु प्रताडित हुनु परेको बताए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डाक्टर महेन्द्र बिष्टले बिगतको तुलनामा केही सुधार भए पनि सन्तोषजनक भने नभएको बताउनुभयो । उहाँले पत्रकारहरुको पेशागत चुनौति बढ्दै गएको र पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाप्रति सरकार गम्भिर नभएको बताए ।
महासंघका शाखाको आयोजनामा देशभर विभिन्न कार्यक्रम भइरहेका छन् ।
यसैगरी, नेपाल पत्रकार महासंघले यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनसम्बन्धी ६२ वटा घटना भएको जनाएको छ । महासंघले प्रतिवेदन सार्वजनिक गर्दै पत्रकार गिरफ्तारी १६, बेपत्ता एक, अपहरण÷अवरोध ६, आक्रमण १७, दुव्र्यवहार÷धम्की १९ र नीतिगत बन्देजका तीन वटा घटना भएको जनाएको छ । महासंघको तथ्यांकमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका सबैभन्दा धेरै घटना प्रदेश नं ३ मा भए भने सबैभन्दा कम प्रदेश नं १ मा भए । महासंघ सञ्चार अनुगमन इकाइको अभिलेखअनुसार प्रदेश नं ३ मा २७ वटा घटना भएका थिए भने प्रदेश नं १ मा तीन वटा घटना भएका थिए । त्यसैगरी प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा नौ, प्रदेश नं ५ मा सात, कर्णाली प्रदेशमा चार र प्रदेश नं ७ मा सात वटा घटना भएका छन् ।

प्रकाशित समय : १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु