global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

काठमाडौं । नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । गत वर्ष दुई लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने भने पनि जम्मा एक लाख ८१ हजार ३३६ क्वीन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए ।

उनका अनुसार कृषकबाट धान नआएकोले लक्ष्यभन्दा ९४ हजार क्वीन्टल कम धान खरिद भएको हो । संस्थानले धनगढीबाट ४४ हजार ६१७ क्वीन्टल, राजापुरबाट एक हजार ९४६क्वीन्टल महेन्द्रनगरबाट एक हजार १८८ क्वीन्टल, नेपालगञ्जबाट १३ हजार १०८ क्वीन्टल, लहानबाट ५६ हजार ७५२ क्वीन्टल, जनकपुरबाट चार हजार १५४ क्वीन्टल , वीरगञ्जबाट २९ हजार ९९८क्वीन्टल, विराटनगरबाट नौ हजार ९९५क्वीन्टल र विर्तामोडबाट १९ हजार ५७८ क्वीन्टल धान खरिद गरेको छ ।

विभागीय प्रमुख खनालले गत मंसिरदेखि धान खरिद गदैआइरहेकामा अहिले पनि खरिदका लागि खुला राखिएको बताए । संस्थानले मोटो धान प्रतिक्वीन्टल रु एक हजार ९५०, मध्यम दुई हजार रु,मसिनो सोना रु दुई हजार ३७५ देखि तीन हजार १० ०सम्म, जीरा धान रु दुई हजार ५२५ देखि तीन हजार २०० सम्म मूल्य राखेको थियो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित खरिद समितिले नै धानको मूल्य निर्धारण गर्ने गरेको छ ।

प्रकाशित समय : २२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु