काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मकवानपुरमा अस्थायी परिवार नियोजन शिविर

16.36K
shares

दुईभन्दा बढी बालबालिका जन्माउने परिपाटीको अन्त्यका लागि मकवानपुरको उत्तरी क्षेत्र कैलाश गाउँपालिकामा एकदिने अस्थायी परिवार नियोजन शिविर आयोजना गरिएको छ । सो शिविरको एक दिनमा ४४ महिलाले सेवा लिएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।

अस्थायी परिवार नियोजनका लागि महिलाको पाखुरामा राखिने नरप्लान्ट लगाएर गाउँपालिकाको गोगले स्वास्थ्यचौकीमा सेवा दिएको र आवश्यक चेतनामूलक जानकारीसमेत दिइएको बताइएको छ । सन्तानको रहर पुगेका महिलाले गाउँमा आएको शिविरमा पुगेर अस्थायी परिवार नियोजन सेवा लिएको अध्यक्ष मोक्तानले बताए । साथै शिविरमा पुरुष बन्ध्याकरण सेवासमेत प्रदान गरिएको बताइएको छ ।

यसैबीच मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले विभिन्न पाँच वडामा छुट्टाछुट्टै पाँचदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जाँच गराउन र स्वास्थ्य सेवा दिनका लागि सो शिविर आयोजना गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाको संयुक्त आयोजनामा भएको उक्त शिविरमा ३८० ज्येष्ठ नागरिकले स्वास्थ्यसेवा लिएको र अर्थिकवस्था कमजोर भएकालाई न्यानो कपडाको रूपमा ८८० फाइवरको सिरक वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आवमा त्यहाँका ६० देखि ७० वर्षसम्मका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा शुल्क व्यहोर्ने गरी गाउँसभाबाट पारित गरिसकेको जानकारी दिइएको छ ।