nmb bank

गृहपृष्ठ राजश्व असुली गर्न अर्थमन्त्रीको कडा निर्देशन

राजश्व असुली गर्न अर्थमन्त्रीको कडा निर्देशन

राजश्व असुली गर्न अर्थमन्त्रीको कडा निर्देशन

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व असुलीमा देखिएका समस्या समाधान गर्न भन्सार प्रमुखलाई निर्देशन दिएका छन् । चालु आवको करिब चार महिना मात्र बाँकी हुँदा लक्ष्यअनुसार राजश्व असुली नभएपछि अर्थमन्त्री खतिवडाले देशभरका भन्सार प्रमुखलाई लक्षित प्रगति प्राप्त गर्न निर्देशन दिएका हुन् ।
भन्सार विभागका अनुसार देशभर २३ वटा प्रमुख भन्सार कार्यालय र १४३ वटा कार्यालय छन् । सरकारको लक्ष्यअनुसार ती भन्सार विन्दुबाट भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा अत्य कर असुल गरिँदै आएको छ । भन्सारले कूल राजश्वको ४४ प्रतिशत तथा कर राजश्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । त्यसले गर्दा सरकारको लक्ष्य प्राप्त गर्न भन्सारको महत्वपूर्ण भूमिका हुँदै आएको छ ।
चालु आवको बजेटमा रु सात खर्ब ३० अर्ब राजश्व संकलनको लक्ष्य राखिएकोमा यस साताको बिहीबारसम्म रु चार खर्ब सात अर्ब अर्थात ५५.७८ प्रतिशतमात्र प्रगति भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । राजस्व असुलीमा देखिएको शिथिलताप्रति कडा निर्देशन दिँदै अर्थमन्त्री डा खतिवडाले भनेका छन्, ‘राजस्व जोखिम हुनेगरी कुनै काम कारबाही भएको पाइए शून्य सहनशीलता अपनाइनेछ ।’
औपचारिक व्यापारलाई प्रवद्र्धन गर्न यथार्थपरक घोषणा र सही मूल्यांकन हुनुपर्नेमा जोड दिँदै उनले चोरीपैठारी नियन्त्रण कडाइका साथ गर्ने गराउने गरी कार्यालयका सबै कर्मचारीलाई जिम्मेवार हुनुपर्ने बताएका हुन् । अर्थमन्त्री डा खतिवडाले अखाद्य तथा वातावरणीय रुपमा नकारात्मक प्रभाव पार्ने माल वस्तु आयात हुन नपाउने गरी विशेष सतर्कता अपनाउन समेत निर्देशन दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु