global ime bank Long Banner Ad

गृहपृष्ठ हाउस किपिङ्ग गर्ने महिलाका लागि समाज बन्यो तगारो

हाउस किपिङ्ग गर्ने महिलाका लागि समाज बन्यो तगारो

हाउस किपिङ्ग गर्ने महिलाका लागि समाज बन्यो तगारो

बाँके । जति आदर्शका कुरा गरिएपनि र जति ठूला ठूला भाषण भएपनि हाम्रो समाज अझैं पनि संकिर्ण सोचको शिकार छ । यसको ज्वलन्त उदाहरण, होटल ब्यवसायको हाउस किपिङ्गमा आबद्ध महिला कर्मचारी स्वयम् बनेका छन् ।
आफूहरुले होटलका कोठाहरुलाई आफ्नै घर जस्तै तरिकाले इमान्दारिताका साथ सरसफाई र सजावट गर्ने काम गर्दै आएको ४–५ बर्ष बित्दा पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण नबदलिएको हाउस किपिङ्ग गर्दै आएकी फुलमाया बताउँछिन् । यतिमात्रै होइन होटलभित्र काम गर्ने असहज वातावरण केही नभएको र आउने पाहुनाहरुले पनि सम्मानपूर्वक ब्यवहार गर्ने गरेको अर्की हाउस किपिङ्गमा काम गर्ने ऋतुले बताइन् ।
‘हाउस किपिङ्गमा संलग्न महिला कर्मचारीहरुले मासिक पारिश्रमिक र पाउनुपर्ने सवै सुविधा समयमै पाइरहेका छन् । तर होटल लाइन भन्ने बित्तिकै परम्परागत नेपाली समाजमा एउटा नकारात्मक नजरले हेर्ने गरिन्छ । पाहिले भन्दा मानिसहरुले अलि शिक्षा हासिल गरेकाले पहिले जस्तो अब गाह्रो छैन,’ हाउस किपिङ्गमा कार्यरत एक महिलाले बताइन् ।
‘तर कतिपय मानिसहरुले बुझेर पनि बुझ पचाउने भएकाले अझैं इज्जतका साथ आफूलाई हाउस किपिङ्गको कर्मचारी भन्न असहज वातावरण रहेको छ,’ उनले गुनासो छ । ‘आखिर किन हाम्रो समाज अझैं यस्तो साँघुरो सोचमा अल्झिरहेको छ त ? मिहिनेतका साथ काम गर्न चाहनेहरुलाई गर्बका साथ बाँच्न र काम गर्न नदिने हाम्रो समाजले, प्रगतिको सपना देख्नु भनेको बालुवाको घर बनाउनु जस्तै भएको छ ।’ हाउस किपिङ्ग गर्ने महिला कर्मचारीहरुको गुनासो छ ।

प्रकाशित समय : २३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु