global ime bank Long Banner Ad

गृहपृष्ठ पोर्चुगलमा नेपाली नयाँ वर्ष २०७५ को अवसर नेपाली महोत्सव हुने

पोर्चुगलमा नेपाली नयाँ वर्ष २०७५ को अवसर नेपाली महोत्सव हुने

पोर्चुगलमा नेपाली नयाँ वर्ष २०७५ को अवसर नेपाली महोत्सव हुने

लिस्बन । पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पोर्चुगलमा नेपाली महोत्सव पहिलोपटक हुने भएको हो । नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा संघले १५ अप्रिलमा नेपाली महोत्सव गर्न लागेको हो । प्रवासमा नेपाली कला र लोक संस्कृतिको संरक्षण, संवद्र्धन, प्रवद्र्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली महोत्सव गर्न लागिएको संघका अध्यक्ष कुवेर कार्कीले जानकारी दिए ।

नेपाली वाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाली पर्यटन दूत, नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि तथा पोर्चुगलमा क्रियाशील नेपाली संघ संस्थाको सहआयोजनामा नेपाली महोत्सव हुने भएको हो ।

महोत्सव गर्नका लागि यहाँको सरकारी निकायसँग स्वीकृति लिएर तयारीमा लागिएको कार्कीले बताए । महोत्सवले नेपाली पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पू¥याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोशाक, नेपाल झल्काउने तस्वीर लगायतका १२ स्टल रहने छ । यस्तै, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथालगायत नेपालको पर्यटकीयस्थलका विषयमा जानकारी दिन र प्रचारप्रसार गर्नका लागि छुट्टै स्टल राखिने अध्यक्ष कार्कीले बताए ।

एक दिने मेलामा नेपालको बारेमा जानकारी दिने, नेपाली कला, लोक संस्कृति र नेपाली पर्यटनको प्रचारप्रसार र प्रवद्र्धन गर्ने तथा नेपाली वेषभूषासहितको सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ । महोत्सवमा पोर्चुगलमा रहेका नेपाली राष्ट्रिय कलाकारको विशेष सांस्कृतिक प्रस्तुति रहनेछ ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु