global ime bank Long Banner Ad

गृहपृष्ठ प्राथिमकता प्रदेश साक्षरता योजना : मन्त्री बराल

प्राथिमकता प्रदेश साक्षरता योजना : मन्त्री बराल

प्राथिमकता प्रदेश साक्षरता योजना : मन्त्री बराल

बुटवल । प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश नम्बर ५ लाई साक्षर बनाउने योजना पहिलो प्राथिमकता रहेको बताएका छन् । शिक्षा बिना समृद्धिको कल्पना गर्न नसक्ने भन्दै आउने नीति तथा कार्यक्रममा शिक्षालाई जोड दिइने र निकट भविष्यमै साक्षर प्रदेशका रुपमा घोषणा गरिने बताए ।
राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन एन प्याब्सनले बिहिबार सामाजिक विकास मन्त्रालयमा आयोजना गरेको सम्मान तथा शिक्षामा सुधार अवधारणापत्र प्रस्तुत कार्यक्रममा मन्त्री बरालले नगरपालिका र गाउँपालिकामा प्राविधिक शिक्षालय तथा प्रत्येक जिल्लाहरुमा मेडिकल कलेजहरु स्थापनाको योजनालाई प्रदेश सरकारले अगाडि बढाउने बताए ।
कार्यक्रममा राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन एन प्याब्सनका केन्द्रीय सदस्य कृष्ण पौडेल र निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्यायले संयुक्त रुपमा अवधारणा पत्र सामाजिक बिकास मन्त्री बराललाई बुझाएका थिए ।
मन्त्री बराललाई बुझाइएको अवधारण पत्रमा स्थानीय र प्रदेश संरचना र सरकार हुँदा पनि शैक्षिक नीतिमा देखिएको अन्यौलताले शैक्षिक विकासमा अवरोध देखिएको, सामुदायिक तथा संस्थागत विद्यालयबीच विभेदमा कमि नआएको तथा संस्थागत, सामुदायिक, गुठि, धार्मिक लगायतका विद्यालयहरुका लागि निर्देशिका अनुकुल नहुँदा शैक्षिक गुणस्तरमा वृद्धि नभएको लगायतका विषयहरु अवधारणा पत्रमा समेटिएको थियो ।

प्रकाशित समय : ००:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु