काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुक्तिनाथ बैक र अार्इडीर्इ नेपालविच सहकार्यकाे सम्झाैता

11.74K
shares

काठमाडौं- मुक्तिनाथ विकास बैंकले कास्की, स्याङ्गजा र पाल्पा जिल्लाका किसानहरुलाई कृषि क्षेत्रमा लगानी विस्तारको लागि आईडीई नेपालसंग सहकार्य गरेको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईडीई नेपालका कन्ट्री डाइरेक्टर डा. ल्यूक कोलाभिटोले हस्ताक्षर गरे ।

यस सम्झौता बमोजिम आईडीई नेपालले सो क्षेत्रका किसानहरुलाई प्राविधिक तालिमहरु प्रदान गर्ने र मुक्तिनाथ विकास बैंकले कृषि सम्बन्धी लघु कर्जा प्रदान गर्नेछ ।

यस कार्यक्रमबाट किसानहरुको प्राविधिक ज्ञान र सीपमा अभिबृद्धि हुनुको साथै आय बृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।