गृहपृष्ठ अश्लील भिडियो बनाई ब्ल्याकमेल गर्ने पक्राउ

अश्लील भिडियो बनाई ब्ल्याकमेल गर्ने पक्राउ

अश्लील भिडियो बनाई ब्ल्याकमेल गर्ने पक्राउ

चितवन । अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा भरतपुर महानगरपालिका–२२ की एक महिलाको फोटो ब्ल्याकमेलिङ गरी रु ५० हजार ठगेको अनुसन्धानमा खुलेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए । विभिन्न नम्बरबाट फोन गरी रु तीन लाख माग गरेको र सो रकम नदिएमा सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने भनेर ब्ल्याकमेल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । पीडितले उजुरी गरेपछि सापकोटालाई मंगलबार भरतपुरको हाकिमचोकबाट पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ छ ।

प्रकाशित समय : १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु