global ime bank Long Banner Ad

गृहपृष्ठ चेम्वरले भन्यो सातै प्रदेशको विकासबाट मात्रै देश समृद्ध हुने

चेम्वरले भन्यो सातै प्रदेशको विकासबाट मात्रै देश समृद्ध हुने

चेम्वरले भन्यो सातै प्रदेशको विकासबाट मात्रै देश समृद्ध हुने

काठमाडौं । नेपाल चेम्वर अफ कर्मशले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई अभिनन्दन गरेको छ। शेरधन राई, लालबाबु राउत, डोरमणि पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, महेन्द्रबहादुर शाही र त्रिलोचन भट्टलाई चेम्वरले अभिनन्दन गरेको हो। सम्मान पत्रमा बधाई दिदै सातै प्रदेशको समावेशी आर्थिक विकासबाट मात्रै देश समृद्ध हुने । चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठले सुरक्षा हुने ठाउँमा मात्रै निजी क्षेत्रको आकर्षण हुने जानकारी मुख्यमन्त्रीहरुलाई गराए। निजी क्षेत्रबाट केही लिनको लागि दिन पनि सक्नु पर्ने अभिव्यक्ति दिए। निजी क्षेत्रलाई दुहुनो गाई मात्रै बनाउनु हुँदैन, स्याहारसुसार र खानपिन पनि गराउनु पर्छु चेम्वर अध्यक्ष श्रेष्ठले भने। केन्द्रमा जस्तो प्रदेश तहमा पनि जग्गाको समस्या मुख्य रहने भएको बताउँदै समस्या समधानमा लाग्न र एक प्रदेशमा उत्पादित सामाग्री अर्को प्रदेशमा सहज रुपमा पठाउने वातवरण मिलाउन प्रदेश मुख्यमन्त्रीहरुसँग आग्रह गरे।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु