काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुटवल उपमहानगरले दियो घरमा नै पुगेर जेष्ठ नागरिकलाई सेवा

12.79K
shares

कृष्ण खनाल ।  बुटवल ।  बुटवल उपमहानगरपालिकाले जेष्ठनागरिकहरुलाई घरमै पुगेर स्वाथ्य सेवा परिक्षण कार्यक्रम सुरु गरेका छन् । यस कार्यक्रमबाट २ सय ५० भन्दा बढि वृद्ध वृद्धा लाभांवित भएका छन् । बुटवल उपमहानगरपालिका स्वाथ्य शाखा प्रमुख डा. रमेश केसीका अनुसार घरमा नै पुगेर स्वाथ्य सेवा प्रदान गर्ने कार्यक्रम अनुसार उक्त सेवा प्रदान गरिएको हो । जेष्ठ नागरिकहरुलाई घरमा नै पुगेर स्वाथ्य सेवा प्रदान गरिएको हो । बुटवल उपमहानरपालिकाले पहिलो पटक सुरु गरेको यो कार्यक्रम अनुसार जेष्ठ नागरिकको घरमा नै पुगेर स्वाथ्य परिक्षणको साथै सुगर तथा ब्लड प्रेसर चेक जा“ज समेत गरि उपचार गरिएको हो । जसबाट नया“ सुगर तथा ब्लड प्रेसको विरामीहरु समेत भेटिएका थिए ।
बर्षौै देखि चेक जा“च नगरेका जेष्ठनागरिकहरुलाई थप उपचारको लागि समेत कतिपय अवस्थामा सिफारिस गरिएको जनस्वाथ्य प्रमुख डा. रमेश केसीले जानकारी दिए । उनले भने–कतीपय अवस्थमा नया“ सुगर तथा ब्लड प्रेसका विरामी समेत भेटिनुभएको थियो, वहा“हरुलाई थप उपचारको लागि समेत सिफारिस गरेका छौं । ’
अधिकांस ब्लड प्रेसर र सुगरका विरामीहरु भेटिएको प्रमुख डा. केसीको भनाई रहेको छ । यो चैत महिना भर सञ्चालन हुने कार्यक्रमबाट ५ सय ४७ भन्दा जेष्ठ नागरिकहरुको स्वाथ्य परिक्षण गरिने लक्ष्य लिइएको छ । सोही अनुसार यो महिनाभर कार्यक्रम जारी रहने डा. केसीले जानकारी दिए । घर घरमा जा“दो स्वाथ्यको बारेमा खुलेर कुरा गर्ने गरेको समेत डा. केसीको भनाई छ । घर भन्दा टाढा स्वाथ्य चौकी समेत स्वाथ्य अवस्थाको कारण जान नसक्ने कतिपय जेष्ठ नागरिकहरुले घरमा नै चिकित्सक पाउ“दा खुसी भएको उनको भनाई छ ।
धेरै जसो नया“ सुगर तथा ब्लड प्रेसरको समस्या भएका नया“ विरामीहरु भेटिएको समेत जनाइएको छ । अस्पताल गएर चेक जा“च नगर्ने वृद्ध वृद्धाहरुले घरमा नै चेक अफ गराउदँ“ समस्याको बारेमा जानकारी पाएका हुन ।
बुटवलमा ६० बर्ष माथिका ८ सय जना बृद्धबृद्धाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । बृद्धबृद्धाको रगतमा चिनीको मात्राको जाँच, रगतमा त्रियाटिनिनको मात्राको जा“च (मृगौला रोग पहिचानका लागि) गरिएको थियो ।