पाँच मन्त्रालयका लागि १२ सचिवको दरबन्दी कायम
वि.सं.२०७४ चैत २१ बुधवार १३:४९
shares

काठमाडौं । सरकारले ५ वटा मन्त्रालयका लागि १२ सचिवको दरबन्दी कायम गरेको छ । मन्त्रालयको संख्या ३१ बाट २१ मा घटाउँदा एकआपसमा जोडिई एकीकृत भएका ५ मन्त्रालयमा सचिवको दरबन्दी बढाइएको हो ।

























