global ime bank Long Banner Ad

गृहपृष्ठ वार्षिकोत्सवको अवसर पारेर गुराँस लाइफले गर्यो रक्तदान कार्यक्रम

वार्षिकोत्सवको अवसर पारेर गुराँस लाइफले गर्यो रक्तदान कार्यक्रम

वार्षिकोत्सवको अवसर पारेर गुराँस लाइफले गर्यो रक्तदान कार्यक्रम

काठमाडौं- गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “गुराँस लाइफ सँग सुरक्षीत हाम्रो जिन्दगी” भन्ने नाराका साथ कम्पनी १० बर्ष पुरा गरि ११ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान गरेको गुराँस लाइफले जनाएको छ । काठमाडैंको तिनकुने, विर्तामोड, बुटवल, धरानमा गरेको रक्तदान कार्यक्रममा २३१ जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

यस वर्ष नेपाल भरि प्रत्येक महिना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको पनि बैंकले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।

गुराँस लाइफले १० वर्षको अवधिमा नेपालभरि १८ हजार प्रशिक्षित अभिकर्ता र ७० वटा कार्यालयहरु मार्फत बालबालिकाको लागि शिक्षा योजना, सावधिक, आजीवन र पेन्सन सहितको बीमा योजना तथा वार्षिक नगद फिर्ता योजना समेटिएको विभिन्न १३ वटा जीवन बीमा योजना ल्याएको छ ।

आगामी दिनमा नेपालको बीमा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै न्युन बीमा शुल्क दरमा नयाँ नयाँ बीमा योजना मार्फत सुलभ, सरल एवं आधुनिक सेवा प्रदान गरिरहने प्रतिबद्धता पनि लाईफले ब्यक्त गरेको छ ।

प्रकाशित समय : १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु