global ime bank Long Banner Ad

गृहपृष्ठ आप्रवासी सवार भ्यान अमेरिकाको टेक्सासमा दुर्घटना, पाँचको मृत्यु

आप्रवासी सवार भ्यान अमेरिकाको टेक्सासमा दुर्घटना, पाँचको मृत्यु

आप्रवासी सवार भ्यान अमेरिकाको टेक्सासमा दुर्घटना, पाँचको मृत्यु

प्रहरी अधिकारीहरुलाई झुक्याउँदै अमेरिका प्रवेश गर्ने क्रममा अवैध आप्रवासी सवार भ्यान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । अमेरिकी नागरिककै सहयोगमा १२ जना आप्रवासीलाई अमेरिका प्रवेश गराइरहेका बेला मेक्सिकोको सीमानजिकै टेक्सासमा भ्यान दुर्घटना भएको हो । दुर्घटनामा अन्य सातजना घाइते भएका छन् । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन ।
प्रहरीले पिछा गरेपछि भाग्ने क्रममा तीव्र गतिमा गुडाइएको भ्यान अनियन्त्रित भएर दुर्घटना भएको स्थानीय प्रशासनले जनाएको छ । केही समययता मेक्सिकोबाट अवैध ढंगले आप्रवासीहरु अमेरिका भित्रिने क्रम बढेको भन्दै टेक्सासका अधिकारीले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउन अनिवार्य भएको बताएका छन् । अधिकारीहरुले आप्रवासी भित्र्याउन सहयोग गर्ने अमेरिकीहरुमाथि पनि निगरानी बढाएको बताइएको छ ।

प्रकाशित समय : ००:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु