गृहपृष्ठ सल्यानको छत्रेश्वरीमा नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा
सल्यानको छत्रेश्वरीमा नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा
नेपाल इन्भेस्टमेन्ट बैंकले सल्यानको छत्रेश्वरी गाउँपालिकास्थित लान्तीमा ७२औ शाखा विस्तार गरेको छ । १२ हजारभन्दा बढी जनसंख्या रहेको कर्णाली प्रदेशको लान्तीका बासिन्दालाई वित्तीय कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले शाखा स्थापना गरेको बैंकले जनाएको छ ।
बैंकले प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार लान्तीमा शाखा विस्तार गरेको हो । नेपाल इन्भेस्टमेस्ट बैंकले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई ३ अर्ब ७६ करोड लगानी गरेको छ ।
आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकका सयवटा एटीएम छन् भने ६ वटा एक्स्टेन्सन काउन्टर छन् । पाँच लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको इन्भेस्टमेन्ट बैंकका ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३ सयभन्दा बढी भिसा तथा एनपीएन सदस्य बैंकका एटीएम छन् ।
प्रकाशित समय : ००:२१ बजे



















