Nepalese Flag २०७७ फागुन १९ गते बुधबार   |   March 03, 2021

सांसदकै अगुवाइमा गौतमबुद्ध विमानस्थल निर्माण अवरुद्ध

न्युज कारोबार काठमाडौं असार ४, २०७५       

सांसदकै अगुवाइमा गौतमबुद्ध विमानस्थल निर्माण अवरुद्ध
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सांसद सन्तोष पाण्डेको अगुवाइमा भैरहवामा निर्माणाधीन विमानस्थलमा अवरोध गरिएको छ । मुआब्जा नपाएका स्थानीय बासिन्दालाई उचालेर पाण्डेले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध पुर्याएका छन् । आयोजनाले रकम निर्धारण गरेको दुई महिनामा मुआब्जा वितरण गरिसक्ने आश्वासन दिए पनि एक वर्ष बितिसक्दासमेत मुआब्जा वितरण नगरेकाले विमानस्थल निर्माणमा अवरोध गरिएको सांसद पाण्डेले बताए । विमानस् निर्माण आयोजनाले जनाएको प्रतिबद्धताअनुसार मुआब्जा वितरण नगरेको, मुआब्जा रकममा पनि लाभकर लगाएको लगायतका विषयमा असन्तुष्टि जनाउँदै उनीहरुले विमानास्थल रनवे निर्माणमा अवरोध गरेका हुन् । विमानस्थलका आयोजना प्रमुख ओम शर्माले अर्थ मन्त्रालयले ५ अर्ब रकम निकासा गरिसकेको र सो रकम आयोजनाको खातामा नआउँदासम्म मात्र यो समस्या रहने बताए । ‘चालू आर्थिक वर्षमा ११ अर्ब रुपैयाँ वितरण गरिसकेका छौं,’ उनले भने, ‘अहिले आउने ५ अर्ब वितरणका लागि सबै प्रक्रिया पूरा भइसकेको छ ।’ रकम खातामा आएपछि चार सय २५ जनालाई मुआब्जा वितरण सुरु गर्ने उनले जानकारी दिए ।

सम्बन्धित खबरहरु