काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज खीर खाने दिन, यस्ता छन् खीर खाँदाका फाइदा

23.86K
shares

आज साउन १५ अर्थात खीर खाने दिन । खीरलाई स्वादिष्ट एवं स्वास्थ्यबर्धक नेपाली खानाको रूपमा लिइन्छ । चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राइ फ्रुड, चिनी हालेर खीर बनाउने भएका कारण यस परिकारलाई शुभ कार्यमासमेत प्रयोग गर्ने गरिन्छ । विशेष गरी तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजजस्ता शुभ अवसरमा खीर खाइन्छ ।

असार १५ मा दही चिउरा खाने भने जस्तै साउन १५ खीर खाने पर्वको रुपमा नेपाली समाजमा परिचित छ । नेपाल कृषि प्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको हो ।

यस्तो छ धार्मिक विश्वास
साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ । यसको साथै साउनमा माछा–मासु, मदिरा सेवन नगरी ब्रत बस्ने तथा आप, नास्पाती, भूइकटरलगायतका फलफूल खाने चलन छ ।

खीर खाँदाका फाइदा
खीरमा अधिकतम दूधको प्रयोग हुन्छ । दुधमा फ्याटको मात्रा धैरै हुन्छ । यसमा प्रोटिनयुक्त खानाका परिकारसमेत मिसाइने भएकाले खीरमा उच्च क्यालोरी हुन्छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो । व्रत बसेका बेला त खीर खाने हाम्रो चलन नै छ । साथै, लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ ।

खीरसँगै फलफूल तथा सब्जी पनि खाइन्छ, जसले थप पोषणको आपूर्ति गर्छ । जसले गर्दा व्रत बसेका बेला वा शरीर कमजोर भएको अवस्थामा पनि लामो समय ताजगी दिन्छ । यो शक्तिबर्धक अनि मीठो पनि भएकाले पहिले–पहिले धनीले खाने खान्की भन्ने चलन थियो । अझै पनि गाउँले परिवेशमा खीरलाई सम्पन्न परिवारले खाने खानाको रुपमा बुझ्ने गरिन्छ ।