गृहपृष्ठ जुकरवर्गको रेकर्ड तोड्न चाहन्छन् काइलीका फ्यान

जुकरवर्गको रेकर्ड तोड्न चाहन्छन् काइलीका फ्यान

जुकरवर्गको रेकर्ड तोड्न चाहन्छन् काइलीका फ्यान

 

फेसबुकका संस्थापक मार्ग जुकरवर्ग सबैभन्दा कम उमेरमा अरबपति बन्न सफल भएका थिए । उनको नाम हालसम्म पनि सबैभन्दा कम उमेरमा अरबपति बन्न सफल युवाको रुपमा अंकित छ । तर, यसलाई तोड्न चाहान्छन् काइली जेनरका फ्यान ।

को हुन् काइली ?
काइली जेनर एक रियालिटी टिभी स्टार तथा मोडेल हुन् । फोब्र्सले काइलीलाई आफ्नै मेहनतले धनी बन्ने महिलाको सूचीमा २७ औं नम्बरमा राखेको छ । काइलीको आफ्नै कस्मेटिक ब्रान्ड छ । त्यसैगरी उनको कमाईको अर्काे स्रोत हो सोसल मिडिया एकाउन्ट, टिभी कार्यक्रम । त्यसैगरी विज्ञापन पनि उनको कमाईको राम्रो स्रोत हो ।

कति छ सम्पत्ति ?
काइलीसँग अहिले ९० करोड डलर बराबरको सम्पत्ति रहेको जनाइएको छ । त्यसमा १० करोड थप भएपछि उनी अरबपति बन्नेछिन् । तर, यो १० करोड रुपैयाँ उनले निकै छोटो अवधिमा काउनु पर्नेछ यदि उनी जुकर्वर्गको रेकर्ड तोड्न चाहान्छिन् भने ।

अन्यथा जुकरवर्गले राखेको रेकर्ड तोड्न सम्भव देखिएको छैन । अन्तर्राष्ट्रिय मिडियाले जनाएअनुसार यो उनले ३ वर्षको अवधिमा जम्मा गरेको सम्पत्ति हो । यही दरमा उनको सम्पत्तिमा वृद्धि भएमा काइलीका फ्यानको लक्ष्य हासिल हुन सक्छ । तर उनका फ्यान काइलीलाई विश्वकै कम उमेरमा अरबपति बनाउन चाहान्छन् । यसका लागि काइलीका फ्यान योजनाबद्ध रुपमा लागेका छन् ।

तर, कसरी ?
भर्खरै फोर्ब्सले काइलीको फोटो आफ्नो कभर पेजमा प्रकाशित गरेको छ । तर, फोब्र्सले काइलीको फोटो कभर पेजमा राखेकोप्रति मिश्रित प्रतिक्रियाहरु आए । धेरैले पत्रिकाको आलोचना गरे ।
यो आलोचना काइलीका फ्यानलाई मन पर्ने कुरा थिएन र मन परेन पनि ।

आलोचना आउन थालेपछि काइलीका फ्यानले उनलाई कम उमेरकी अरबपति बनाउन अभियान चलाए । ‘गो फन्ड मी’ काइलीका फ्यानले उनलाई कम उमेरकी अरबपति बनाउन चलाएको अभियान हो । यसका माध्यमबाट फ्यानले काइलीको नाममा रेकर्ड राख्न डोनेसन गर्ने अभियान चलाए । फ्यानहरुले यसका लागि अपिलसमेत गरेका छन् ।

अरबपति बन्दा जुकरवर्ग कति वर्षका थिए ?
विश्वमै सबैभन्दा कम उमेरमा अरबपति बन्न सफल मार्क जुकरवर्ग फेसबुकका संस्थापक हुन् । उनी जम्मा २३ वर्षको उमेरमा अरबपति बन्न सफल भएका थिए ।
काइली कति वर्षकी भइन् ?

काइली अहिले २० वर्षकी भइन् । जुकरवर्गले २३ वर्षको उमेरमा अरबपति हुँदै रेकर्ड कायम गरेका थिए । अर्कातर्फ काइलीले तीन वर्षको समयमा ९० करोड डलर कमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाइरहेका छन् ।

यस्तोमा उनले कम उमेरमा अरबपति बन्ने सम्भावना छ । यसका साथै उनका फ्यानहरुले समेत काइलीलाई यो लक्ष्य हासिल गर्न मद्दत गर्दैछन् । सबैभन्दा कम उमेरमा अरबपति बन्ने रेकर्ड आफ्नो नाममा दर्ता गर्न सक्लिन् ? त्यसका लागि केही समय पर्खनु पर्छ । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण हेर्दा त्यस्तो सम्भावना बढी देखिन्छ ।

प्रकाशित समय : २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु