गृहपृष्ठ कांग्रेस नेता भट्टराईको स्वास्थ्य अवस्था स्थिर
कांग्रेस नेता भट्टराईको स्वास्थ्य अवस्था स्थिर
मस्तिष्कघातपछि थापाथलस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईको स्वास्थ्यमा कुनै सुधार आएको छैन । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनी अर्धचेतन अवस्थामा रहेका उपचारमा संलग्न डाक्टर राजीव झाले जानकारी दिए ।
आज पुनः सिटी स्क्यान गरेर हेरेपछि थप उपचार प्रक्रिया अगाडि बढाइने उनले बताए । भट्टराईको मृगौलामा पनि समस्या देखिएको चिकित्सकले बताएका छन् । मस्तिष्कघात भएपछि ७ दिनअघि भट्टराईलाई अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित समय : १५:२४ बजे




















