गृहपृष्ठ जुम्लामा झडपका क्रममा गोली लागेका प्रहरीको मृत्यु

जुम्लामा झडपका क्रममा गोली लागेका प्रहरीको मृत्यु

जुम्लामा झडपका क्रममा गोली लागेका प्रहरीको मृत्यु

डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्ला अस्पतालमा भएको झडपमा गोली लागेका प्रहरीको निधन भएको छ । बिहीबार बिहान अनसनरत डा. केसीलाई काठमाडौं ल्याउने क्रममा झडप हुँदा गोली लागेका प्रहरीको मृत्यु भएको हो ।

डा. केसीलार्इ लिन नेपाली सेनाको हेलिकप्टर गएपछि स्थानीय बासिन्दा र विद्यार्थीले अवरोध गरेका थिए । सोही क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्नुका साथै गोलीसमेत चलाएको थियो । गोली लागेका प्रहरीकाे मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । स्थानीय प्रशासनले भने प्रहरीलाई गोली लागेको नभई कसैले सिसाले हानेको दाबी गरेको छ ।

प्रकाशित समय : २१:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु