काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निर्णायक आन्दोलन हुन्छ : वरिष्ठ नेता पौडेल

15.31K
shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको यस्तै रवैया रहिरहे निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारी रवैयाको चर्काे आलोचना गरेका पौडेलले त्यो नसुधारे आन्दोलन गर्न पछि नहट्ने चेतावनी दिएका हुन् ।

तनहुँमा मंगलबार आयोजित सभामा पौडेलले भने सरकारलाई ठीक ठाउँमा ल्याउन र सचेत गराउन प्रतिकारात्मक विरोध कार्यक्रम गरेका हौं । नसच्चिए निर्णायक आन्दोलन गर्न तयार छौं ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र नक्कली नै थियो भने सर्वोच्च अदालतमा बसेर न्यायनिसाफ गरिरहेका न्यायपरिषद्ले के हेरेर सिफारिस गर्यो ? पौडेलले प्रश्न गर्दै भने त्यसकारण सर्वप्रथम न्यायपरिषद्का पदाधिकारीलाई कारबाही गर्नुपर्छ ।

कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले दुईतिहाई बहुमतको आडमा कम्यनिस्ट सरकारले लोकतन्त्रको स्थायीत्व, समृद्ध नेपाल र जनताको भावना विपरित काम गरेको आरोप लगाए । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले सरकार संसदलाई नै बन्धक बनाएर एकाधिकार तरिकाले चल्न थालेको आरोप लगाए ।

तनहुँस्थित कांग्रेसको पार्टी कार्यालयबाट निस्केको र्याली बजार परिक्रमा गर्दै दमौलीको अनसन चौतारीमा सभामा परिणत भएको थियो ।