गृहपृष्ठ काम नपाउनेले कांग्रेसलाई एजेण्डा विहीन भनेका हुन् : विजय गच्छदार
काम नपाउनेले कांग्रेसलाई एजेण्डा विहीन भनेका हुन् : विजय गच्छदार
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सरकार संविधानको मर्म र भावना विपरितका गतिविधिमा लागेको आरोप लगाएका छन् ।
गच्छदारले प्रतिनिधिसभामा फरक दलको सभामुख र उपसभामुख हुने संवैधानिक व्यवस्था तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गरे । संविधान विपरित एउटै दलको सभामुख र उपसभामुख हुँदा पनि सरकारले हटाउन नचाहेको गच्छदारको टिप्पणी छ । मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीमाझ उनले भने, ’सरकारले स्वतन्त्र न्यायपालिकामाथि पनि हस्तक्षेप गरिरहेको छ ।’
प्रशासनिक अंगहरुलाई पनि सरकारले आफूप्रति बफादार बनाउने चेष्टा गरिरहेको आरोप लगाउँदै उनले भने, ‘दुई तिहाई बहुमत प्राप्त सरकारले दम्भ देखाईरहेकाले त्यसलाई सच्याउन पनि हाम्रो पार्टीले आन्दोलन गरेको हो ।’ कांग्रेस एजेण्डा विहीन भयो भन्नुको कुनै तुक नरहेको उनले बताए । ‘हामी त जनताका समस्या लिएर सडकमा उत्रिएका हौँ, कसरी एजेण्डा विहीन भयौँ ?’ उनले प्रश्न गरे । काम नहुनेले कांग्रेसलाई नराम्रो देखाउन शब्दजाल रचिरहेको उनको भनाइ थियो ।
प्रकाशित समय : १८:५९ बजे


















