गृहपृष्ठ मुस्ताङमा भएको दुर्घटनाप्रति सभामुखद्वारा शोक व्यक्त

मुस्ताङमा भएको दुर्घटनाप्रति सभामुखद्वारा शोक व्यक्त

मुस्ताङमा भएको दुर्घटनाप्रति सभामुखद्वारा शोक व्यक्त

सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदुर चढेको टिपर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । शनिबार एक शोक वक्तव्य जारी गरी सभामुख महराले उक्त दुर्घटनामा परी रोल्पाका नौं जना, दाङका छ जना र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुंगा, कपिलवस्तुका एक-एक जना गरी २० जना मजदुरको दुःखद् निधन भएको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।

दुर्घटनामा परी निधन भएका मजदुरप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै सभामुख महराले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । दुर्घटनाका घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन उनले सरकारसँग आग्रह समेत गरेका छन् ।

सभामुख महराले दुर्घटनामा निधन भएका मजदुरको शव घरसम्म पुर्याउन र उचित क्षतिपूर्ति उपलब्ध गराई पीडित परिवारलाई राहत प्रदानमा ढिलाइ नगर्न सम्बन्धित पक्षसँग अनुरोध गरेका छन् ।

(रासस)

प्रकाशित समय : ०३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु