global ime bank Long Banner Ad

गृहपृष्ठ अध्ययनपछि प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय लिइन्छ : अधिकारी

अध्ययनपछि प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय लिइन्छ : अधिकारी

अध्ययनपछि प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय लिइन्छ : अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा रहेका तीन प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय भइनसकेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा वाेल्दै मन्त्री अधिकारीले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई एकीकरण गर्ने विषय उठेपनि निर्णय भइनसकेको जानकारी दिएका हुन् ।

मन्त्री अधिकारीले यी तीन प्रतिष्ठानको फरक चरित्र रहेको भए पनि सशक्तरुपमा कार्यक्रम सञ्चालन गर्न नसकेको अवस्थामा त्यसलाई एकीकरण गर्ने वा नगर्ने भन्नेबारेमा अध्ययन गर्न कार्यदल गठन भएको जानकारी दिए । उनले कार्यदलकाे प्रतिवेदनका आधारमा निर्णय लिइने उल्लेख गरे ।

प्रतिष्ठानको वार्षिकोत्सवका सन्दर्भमा गरिने कविता सम्मेलनले साहित्य सिर्जनामा राम्रो प्रभाव पार्ने मन्त्री अधिकारीकाे भनार्इ रहेकाे थियाे । उनले यस्ता कार्यक्रमले वरिष्ठ तथा कनिष्ठ कविलाई एकै स्थानमा प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान हुने उल्लेख गरे ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति विष्णुविभु घिमिरे, सदस्यसचिव जीवेन्द्रदेव गिरी, कवि महोत्सवका संयोजक अमर गिरीलगायतले प्रतिष्ठानका विभिन्न विभागले अहिलेसम्म गरेका विभिन्न कार्यक्रम तथा गतिविधिका बारे प्रकाश पारेका थिए । महोत्सवमा २१ जना अतिथि कवि तथा ३६ जना कवि प्रतियोगीका रुपमा सहभागी भएका थिए ।

(रासस)

प्रकाशित समय : २२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु