गृहपृष्ठ पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक खुलेको छ । आज बिहान ४ बजे भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक बिहान ९ः३० बजेबाट खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउन लागि दुई वटा डोजर प्रयोग गरिएको थियो । सडक खुलेसँगै पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । सडकको स्तरोन्नतिका क्रममा भित्ता काटिएका कारण जुनसुकै समयमा पहिरो जान सक्ने भन्दै सबैलाई सजग भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।   (रासस)

प्रकाशित समय : १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु