काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वकप उपाधिमा चार टोलीको आँखा, भोलिदेखि कठिन यात्रा

13.76K
shares

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबारदेखि सेमिफाइनलको खेल सुरु हुँदैछ । यसपटक सेमिफाइलनमा फ्रान्स, इंग्ल्याण्ड, बेल्जियम र क्रोयशिया पुगेकाछन् ।

फाइनल प्रवेशको लक्ष्यसहित हुने पहिलो खेलमा मंगलबार नेपाली समयअनुसार राति पौने १२ बजे फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । सेन्ट पिटर्सवर्ग रंगशालामा हुने खेलको विजेताले फाइनल खेल्ने छ । सन् १९९८ मा विश्वकप उचालिसकेको फ्रान्स दोस्रो पटक उपाधि चुम्ने दाउमा छ र उसलाई एम्बापे, ग्रीजम्यानजस्ता खेलाडीप्रति ठूलो भरोसा छ । पहिलो पटक उपाधिमाथि कब्जा जमाउने दाउमा रहेको बेल्जीयम रोमेलु लुकाकुप्रति ढुक्क छ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले पाँच पटकको विश्व विजेता ब्राजिललाई घर पठाएका थिए ।

बुधबार हुने दोस्रो सेमिफइनल खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड र क्रोएशिया भिँड्नेछन् । बुधबार राति नेपाली समयअनुसार पौने १२ बजे मस्कोस्थित लुज्निकी रंगशालामा दोस्रो सेमिफाइनल हुनेछ । सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानका लागि आगामी शनिबार सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समयअनुसार साँझ पौने ८ बजे प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल भने आगामी आईतबार लुज्निकी रंगशालामा हुनेछ ।