global ime bank Long Banner Ad

गृहपृष्ठ सामान्य अंकले घट्यो सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार

 

सेयर बजार परिसूचक (नेप्से) बिहीबार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक बिहीबार २.५६ अंकले घटेर एक हजार १९१.३१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.४१ अंकले घटेको छ ।

सेयर बजार सुस्ताउँदै जाँदा कारोबार रकममा पनि शिथिलता आएको छ । बिहीबार १ सय ६२ कम्पनीको ६ लाख ७२ हजार ३६८ कित्ता सेयर २० करोड ७९ लाख २१ हजारमा किनबेच भएको छ । १० उपसमूहमध्ये दुईवटा उपसमूहको सेयर बढेको छ भने आठ उपमूहको सेयर घटेको छ ।

बैंकिङ ०.७३ र उत्पादन समूह १.१७ अंकले बढ्दा होटल २.२५, विकास बैंक ८.२७, जलविद्युत् १.५६, वित्त १.९६, निर्जीवन बिमा ५७.३७, अन्य ४.३९, माइक्रोफाइनान्स १०.७ र बिमा २६.०६ अंकले घटेको छ ।

प्रकाशित समय : २३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु