काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पहिरोले फेरि रोक्यो नारायणगढ–मुग्लिन सडक

12.12K
shares

नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ। थप पहिरो नखसेमा पहिरो पन्छाउन ३ देखि ४ घन्टा लाग्ने प्रहरीले जनाएको छ। त्यसैगरी, सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन्।

यसअघि हिजो राति पौने १२ बजेतिर गाईघाटमा खसेको पहिरो आज बिहान साढे १ बजे पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो। सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
(रासस)