गृहपृष्ठ ‘दाल भात’ बनाउने तयारीमा किरण केसी

‘दाल भात’ बनाउने तयारीमा किरण केसी

‘दाल भात’ बनाउने तयारीमा किरण केसी

चलचित्र ‘शत्रु गते’को सफलताबाट हाैसिएका निर्माता किरण केसीले ‘दाल भात’ बनाउने भएका छन् । कलाकार केसीले जन्मदिनको अवसर पारेर शुक्रबार एक कार्यक्रमका बीच ‘दाल भात’ चलचित्र बनाउने घोषणा गरेका हुन् ।

मह सञ्चारको प्रस्तुतिमा किरण केसीले निर्माण गर्ने चलचित्रको निर्देशन भने किरणका छोरा सुजनले गर्नेछन् । चलचित्रमा ‘शत्रु गते’कै हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, दिपकराज गिरी, दीपाश्री निरौलालगयतको मुख्य भूमिका रहनेछ । कार्यक्रममा कलाकार सन्तोष पन्त र पत्रकार विदुर गिरीलाई सम्मान गरिएको थियो ।

प्रकाशित समय : ००:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु