गृहपृष्ठ आजको खेलमा भिड्ने यी हुन् ६ राष्ट्र

आजको खेलमा भिड्ने यी हुन् ६ राष्ट्र

आजको खेलमा भिड्ने यी हुन् ६ राष्ट्र

रुसमा जारी विश्वकपमा शनिबार ३ खेल हुँदैछ । आजको खेलमा फ्रान्स र अष्ट्रेलिया, अर्जेन्टिना र आइसल्यान्ड तथा पेरु र डेनमार्क आमने–सामने हुँदैछन् ।

फिफा विश्वकपको तेस्रो दिन शनिबार दिउँसो ३ः४५ बजे समूह ‘सी’मा रहेका फ्रन्स र अष्ट्रेलियाको बीचमा खेल हुनेछ । फिफा बरियतामा फ्रान्स ७ नम्बरमा र अष्ट्रेलिया ३६ नम्बरमा छ ।

त्यसैगरी साँझ ६ः४५ बजे समूह ‘डी’का अर्जेन्टिना र आइसल्यान्ड एक आपसमा भिड्ने छन् । राती पौने दश बजे हुने खेलमा समूह सी मा रहेको पेरुले डेनमार्कको सामना गर्नेछ ।

फ्रान्सलाई अष्ट्रेलियाको चुनौति

पौने ४ बजे अष्ट्रेलियालाई पराजित गर्दै विश्वकप २०१८ को सुखद सुरुवात गर्न फ्रान्स मैदान उत्रदैँछ । फ्रान्स समूह चरणका खेल जित्दै विश्वकपमा आफ्नो सानदार चुनौति प्रस्तुत गर्न चाहन्छ ।

अर्जेन्टिनाको लक्ष्य फराकिलो जित

फुटबल जगतका सुपरस्टार लियोनेल मेस्सीको अर्जेन्टिना आइसल्यान्डविरुद्ध ठूलो अन्तरको जित हात पार्न मैदान उत्रदैँछ । स्पेनविरुद्धको हिजको खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि मेस्सीका समर्थकहरु अर्जेन्टिनाका ‘मेस्सी चम्केको’ हेर्ने उत्कट अभिलासामा छन् । समूह ‘डी’का अन्य राष्ट्रको तुलनामा आइसल्यान्डलाई केही कमजोर टोलीका रुपमा व्याख्या गरिएको भए पनि उसले पछिल्लो दुई वर्षमा उल्लेख्य सुधार गरेको छ । त्यसैले फुटबलका पण्डितहरु भन्छन् आइसल्यान्डलाई कम आँक्नु भुल हुनेछ ।

डेनमार्कको सामना गर्दै पेरु

समूह ‘डी’को पेरुले राति पौने दश बजे डेनमार्कको सामना गर्दैछ । फिफा बरियतामा ११ नम्बरमा रहेको पेरुले १२ नम्बरमा रहेको डेनमार्कको सामना गर्नेछ । हालसम्म पनि विश्वकपको उपाधि जित्न नसकेका दुवै राष्ट्रको खेल प्रतिश्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यस्ता छन् आजका प्रतिश्पर्धी

फ्रान्स

फ्रान्स फिफा बरियतामा ७ नम्बरमा रहेको र सन् १९३० मा विश्वकपमा पहिलो पटक सहभागिता जनाएको राष्ट्र हो । फ्रान्स १ पटक विश्वकप जितेको २ पटक फाइनल खेलेको, ५ पटक सेमिफाइनल र १४ पटक पहिलो चरणमा रहीसकेको छ । डीडीएर डेस्चाम्प्सको प्रशिक्षणमा रहेको यो टोलीसँग एन्टोनी ग्रीजम्यान, थोमस लिमार, ओलिभर गिरोउड जस्ता खेलाडी छन् ।

अष्ट्रेलिया

अष्ट्रेलिया फिफा बरियतामा ४० औं नम्बरमा रहेको छ । पहिलो पटक सन् १९७४ मा विश्वकपमा सहभागिता जनाएको अष्ट्रेलियाले पहिलो चरणमा ४ पटक भन्दा माथिको सफलता हात पार्न सकेको छैन । अष्ट्रेलियाका लागि सन् २००६ मा प्रि–क्वाटर फाइनल प्रवेश गर्नु नै उत्कृष्ट प्रदर्शनका रुपमा रहेको छ । बेर्ट भान मार्विज्कले प्रशिक्षण गरेको यो टोलीसँग टीम काहिल, म्याट रेयान, जेम्स मेरेडिथ, जोस रिसडोन जस्ता खेलाडी रहेका छन् ।

अर्जेन्टिना

फिफा बरियतामा ५ औं नम्बरमा रहेको अर्जेन्टिनासँग २ पटक विश्वकपको उपाधि जितेको सुखद् इतिहास छ । सन् १९३० मा पहिलेपटक विश्वकपमा सहभागिता जनाएको यो राष्ट्र यसपटक पनि उपाधि दाबेदारको रुपमा मानिन्छ । पहिलो चरणमा १६ पटक, सेमिफाइनलमा ५ पटक र फाइनल ५ पटक खेलिसकेको अर्जेन्टिना उपाधि जित्ने होडमा रहेको छ । जर्ज सम्पोलीको प्रशिक्षणमा रहेको अर्जेन्टिनासँग लियोनल मेस्सी, गोन्जाल्ओ हिग्विन , पावल  ड्बाला, सर्जियो एगयुरो, निकोलस टालफिको जस्ता चर्चित खेलाडी छन् ।

आइसल्यान्ड

फिफा बरियतामा २२ नम्बरमा रहेको यो टिमले पहिलो पटक विश्वकपमा डेब्यु गरेको हो । हेइमिर हलग्रिम्सनको प्रशिक्षण तथा गेल्फी सिगर्डसन, अरी फेरये स्कुलसन, रुरिक गिल्लासनलगायतका खेलाडी लिएर मैदान उत्रदैँछ ।

पेरु

फिफा बरियतामा ११ नम्बरमा रहेको पेरुको उत्कृष्ट प्रदर्शन सन् १९७० र १९७८ मा क्वाटरफाइनलमा प्रवेश गर्नु हो । रिकार्डाे गरेसाको प्रशिक्षणमा रहेको पेरु जेफर्सन फारफ्यान, एन्ड्रे कार्रिलो, रावल राउडिएज, पालोरेरो ग्युरेरोलगायत खेलाडीका साथमा विश्वकप खेल्दैछ ।

डेनमार्क

फिफा बरियतामा १२ नम्बरमा रहेको र सन् १९८६ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको डेनमार्कको सन् १९९८ को क्वाटरफाइनल खेल नै हालसम्मको उत्कृष्ट हो । आगे हरिदीको प्रशिक्षण रहेको डेनमार्कसँग क्रिस्टियन इरिक्सेन, एन्द्रोस कोमिलियस, क्यास्पर डोल्बर्ग, लास्सेस स्चोने, थोमस डिलाने जस्ता खेलाडी छन् ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु