गृहपृष्ठ दोर्दी खोला जलविद्युत आयोजनाको ७० प्रतिशत काम सम्पन्न

दोर्दी खोला जलविद्युत आयोजनाको ७० प्रतिशत काम सम्पन्न

दोर्दी खोला जलविद्युत आयोजनाको ७० प्रतिशत काम सम्पन्न

 

लमजुङमा निर्माणाधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाले ७० प्रतिशत काम सम्पन्न गरेको छ । बाँध, सुरुङ र विद्युतगृहको काम एकसाथ अघि बढेकाले अर्को वर्ष विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।

आयोजनाको बाँधमा ८० प्रतिशत काम सम्पन्न भएको हिमालयन पावर पार्टनर कम्पनीले जानकारी गराएको छ । त्यस्तै, मुख्य सुरुङको निर्माणले पनि गति लिएको छ । आयोजनाका अनुसार २ हजार ६ सय ६२ मिटर लामो सुरुङमध्ये १ हजार ६ सय मिटर पूरा भएको छ ।

कमजोर भौगोलिक अवस्थाका कारण मुख्य सुरुङको काम लामो समय प्रभावित भए पनि ठेकेदार परिवर्तन गरेपछि अहिले कामले गति लिएको हो । इको इन्फ्रा व्युल्डर्सले सुरुङको काम अघि बढाउन नसकेपछि ठेक्का तोडेर मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीलाई दिइएको थियो ।

विद्युतगृहको संरचना निर्माणको काम पूरा गरेर पुसबाट इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम सुरु गरिनेछ । आयोजनाबाट २०७६ भदौबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । यसअघि, २०७५ चैतबाट विद्युत उत्पादन गर्ने तालिका भए पनि विभिन्न कारणले ६ महिना ढिलो भएको कम्पनीले जनाएको छ ।

उत्पादित बिजुली प्राधिकरणको उदिपुर सबस्टेसनमा लगेर जोडिनेछ । आयोजनाको अनुमानित लागत ४ अर्ब २३ करोड रुपैयाँ हो । आयोजनामा प्राइम कमर्सियल बैंकको अगुवाइमा ८ बैंकले ३ अर्ब १७ करोड रुपैयाँ लगानी गरेका छन् । एक अर्ब ६ करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

प्रकाशित समय : १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु