गृहपृष्ठ सिद्धार्थ बैंकका ग्राहकलाई नर्भिक हस्पिटलमा विशेष छुट

सिद्धार्थ बैंकका ग्राहकलाई नर्भिक हस्पिटलमा विशेष छुट

सिद्धार्थ बैंकका ग्राहकलाई नर्भिक हस्पिटलमा विशेष छुट

 

सिद्धार्थ बैंकका ग्राहकले नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् । सोसम्बन्धी सम्झौतामा सिद्धार्थ बैंक र नर्भिक हस्पिटलबीच हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले डेविट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र सिद्धार्थ युनो क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले हाल तीन एक्सटेनसन काउन्टरसहित १ सय २१ शाखा, ९९ शाखारहित बैंकिङ सेवा, १ सय १८ एटीएम र ९ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु