काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नुवाकोटका एक हजार द्वन्द्वपीडितले राहत पाए

16.23K
shares

 

नुवाकोटका एक हजार ८२ जना द्वन्द्वपीडितले राहत रकम पाएका छन् । जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षको अन्त्यतिर आएको राहत रकम वितरण गरिएको हो ।

द्वन्द्वका समयमा तत्कालीन सरकार र विद्रोही पक्षका कारण पीडित भएकाहरुलाई वितरण गर्न चार करोड २५ लाख ६५ हजार पठाइए पनि तीन करोड आठ लाख ५० हजार मात्र खर्च भएको जिप्रकाका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए ।

द्वन्द्वपीडितका लागि आएको राहतमा एक करोड १७ लाख १५ हजार फिर्ता भएको छ । ‘माग दावी पर्याप्त पर्न नआएका कारण रकम फिर्ता भएको हो । केहीको नाम र थर फरक भएकाले राहत प्रदान गर्न सकिएन,’ प्रशासकीय अधिकृत शर्माले भने ।

सबैभन्दा बढी विस्थापित ९ सय ८७ जनाले राहत पाएका छन् । विस्थापितलाई २५ हजारको दरले राहत वितरण गरिएको हो । यस्तै अपहृत ५० जनाले पनि २५ हजारको दरले रकम पाएका छन् ।

जिप्रकाका अनुसार मृतक र बेपत्ताका १४ परिवारले रकम पाएका छन् । एक जनाको परिवारले १० लाख र बाँकी १३ जनाका परिवारले जनही एक लाख ५० हजारका दरले राहत पाएका छन् । यस्तै द्वन्द्वपीडित टुहुरा बालबालिका २३ जनाले जनही ६० हजारको दरले पाएका छन् । यस्तै आठ अंगभंग भएकाहरुले पाँच लाख ९५ हजार २०० प्राप्त गरेको जिप्रकाका लेखाअधिकृत रामजी लम्सालले जानकारी दिए ।