global ime bank Long Banner Ad

गृहपृष्ठ लागु औषधसहित दुई जना पक्राउ

लागु औषधसहित दुई जना पक्राउ

लागु औषधसहित दुई जना पक्राउ

 

प्रहरीले काठमाडौंको छुट्टा छुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले दोलखाका बादल श्रेष्ठलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

स्वयम्भुस्थित अन्नपूर्ण चोकबाट लागू औषधसहित श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट नुफिन ३४ एम्पुल, डाइजेल्याड ३४ एम्पुल तथा फेनारागन ६० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै नाकढुंगाबाट सर्लाही कविलासी–३ का राजकुमार यादवलाई २ सय ८२ ट्याबलेट माइक्राजेपाम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना. ६ ख ७४६० नम्बरको यात्रुबाहक बसको चेकजाँच गर्ने क्रममा यादवलाई पक्राउ गरिएको हो ।

दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित समय : ००:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु