global ime bank Long Banner Ad

गृहपृष्ठ विश्व हेपाटाइटिस दिवस, पौने चार लाख नेपाली संक्रमित

विश्व हेपाटाइटिस दिवस, पौने चार लाख नेपाली संक्रमित

विश्व हेपाटाइटिस दिवस, पौने चार लाख नेपाली संक्रमित

आज विश्व हेपाटाइटिस दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईदैछ । यस वर्ष विश्व हेपाटाइटिस दिवसको मुख्य नारा ‘हराइरहेका रोगीको खोजी’ छ । संक्रमित व्यक्तिहरू पत्ता लगाई निदानमा जोड दिनु नै यो वर्षको लक्ष्य छ ।

हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा. बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिनको अवसर पारेर प्रत्येक वर्ष जुलाई २८ का दिनलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ । विश्वभरका करिब ३२ करोडभन्दा बढी मानिस दीर्घकालीन हेपाटाइटिस बी र सीबाट संक्रमित भएको अनुमान छ । जसमध्ये करिब पौने चार लाख नेपाली छन् ।

कलेजो धेरै नबिग्रिएसम्म खासै केही लक्षण नदेखिनाले संसारभर नै दीर्घकालीन हेपाटाइटिस बी र सी संक्रमित १० मध्ये ९ जना आफू संक्रमित भएकोबारे अवगत छैनन् । नेपालमा करिब १ लाख ३० हजार हेपाटाइटिस सी र २५ लाख हेपाटाइटिस बीबाट ‘दीर्घकालीन रूपमा संक्रमित’ छन् । वैदेशिक रोजगारीमा जाने वा रक्तदान गर्ने क्रममा रगत परीक्षण हुँदा केही व्यक्तिमा संक्रमण भएको पत्ता लाग्ने गरेको छ । यद्यपि, धेरै मानिस आफ्नो रोगबारे अनभिज्ञ रहेको विज्ञहरु बताउँछन् ।

संसारभर १४ लाख मानिसको प्रत्येक वर्ष विभिन्न किसीमका हेपाटाइटिसका कारण मृत्यु हुने गरेको छ । सोही कुरालाई मध्यनजर गर्दै (डब्लुएचओ) ले आगामी सन् २०३० सम्म विश्वबाट हेपाटाइटिस उन्मुलन गर्ने लक्ष्य राखेको छ ।

हालसम्म यसका ए, बी, सी, डी र ई गरी ५ किसीमका भाइरसहरु रहेको पाईएको छ । विभिन्न किसीमका संक्रमण, असुरक्षित यौन सम्पर्क, संक्रमित आमाबाट जन्मिएको शिशुमा र सिरिन्जबाट लागु पदार्थ लिनेहरुलाई हेपाईटिस रोग लाग्ने गर्दछ ।

प्रकाशित समय : १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु