काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विराटनगरमा यसरी मनाइयो विश्व आदिवासी जनजाति दिवस

10.87K
shares

 

२४ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा विराटनगरमा विविध कार्यक्रम गरिएको छ । दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद र नगर समन्वय परिषदको आयोजनामा झाँकी र सभा आयोजना गरिएको छ ।

सो अवसरमा स्थानीय सन्सारी माई मन्दिर परिसरबाट निकालिएको झाँकीसहितको र्यालीले नगरक्षेत्रको ट्राफिकचोकबाट मेनरोड, जलजलारोड, अस्पतालचोक हुँदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको थियो ।

र्यालीमा आदिवासी जनजाति सम्बद्ध विभिन्न जातीय समुदायको पहिचान झल्किने नृत्य र पोसाक प्रस्तुत गरिएको थियो । र्यालीले नगरक्षेत्रको परिक्रमा गरेपछि स्थानीय वीरेन्द्र सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश सभा सदस्यहरु जयराम यादव, प्रतापप्रकाश लिम्बु र बिष्णुमाया तुम्बाहाम्फेसहित विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतले मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश एक समन्वय परिषदका संयोजक ध्रुबकुमार लिम्बुलगायतले आदिवासी जनजातिको मुद्धा सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्ने विचार व्यक्त गरे ।