काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुलुकभर अझै केही दिन वर्षा हुने

11.68K
shares

 

अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ । मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १ सय २५ मिलिमिटर वर्षा भएको छ । यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म पनि प्रभावकारी वर्षा नभए पनि साउन १५ देखि वर्षा राम्ररी भइरहेको छ ।

मनसुन अवधिमा असार १५ देखि साउन १५ सम्म सबैभन्दा बढी वर्षा हुने गर्दछ । सामान्यतः नेपालमा जेठको अन्तिम सातादेखि मनसुन शुरु भई असोजको पहिलो सातासम्मको अवधि हुन्छ । अहिलेसम्म मध्य र पश्चिममा वर्षा राम्रै भइरहे पनि पूर्वी भेगमा तुलनात्मक रुपमा वर्षा हुन सकेको छैन । दुई दिनदेखि ती क्षेत्रमा पनि वर्षा राम्रो भइरहेकोले यो वर्ष पनि सरदर वर्षाको अनुमान गरिएको मौसमविद् वरुण पौडेलले बताए ।

‘मनसुन चार महिना अवधिको विवरण भदौमा मात्रै आउँछ, अहिलेसम्मको वर्षाको अवस्थालाई हेर्दा सरदर वर्षा हो । धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ, दुई दिनदेखि पूर्वमा पनि मनसुन पूर्ण सक्रिय भएकाले यो वर्ष पनि सरदर वर्षा हुने देखिन्छ,’ उनले भने ।

मौसमविद् पौडेलका अनुसार अघिल्लो वर्ष करिव एक सय ५० मिलिमिटर वर्षा भएको थियो । विगतको आँकडा हेर्दा सन् १९९३ जुलाई महिनामा मकवानपुरको टिस्टुङ पालुङमा २४ घण्टा अवधिमा ५ सय ४० मिलिमिटर वर्षा भएको थियो । जुन अहिलेसम्मकै अतिभारी वर्षा हो ।

जेठ १५ देखि असोज १५ गतेसम्म बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने जलवाष्पयुक्त हावा नै मनसुन हो । नेपालको पूर्वी भेग हुँदै प्रवेश गर्ने चार महिना (१०५) दिन अवधिमा चल्ने उक्त हावाले अधिक वर्षा गराउँछ । जलवाष्पयुक्त हावाले नै मनसुन अवधिभर वर्षात् गराउने मौसमविद्को भनाइ छ । नेपालमा वर्षभरि मनसुनका कारण ८० प्रतिशत र पूर्वमनसुन र पश्चिमी वायुको प्रभावले २० प्रतिशत वर्षा हुने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार साधारणतया जेठ १५ देखि असोज १५ गतेको चार महिनासम्मको समयलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुन्छ । गत वर्षको मनसुनी वर्षा करीब ७६ प्रतिशत रहेको थियो, जुन सरदरभन्दा कम हो ।

काठमाडौंसहितका स्थानमा भारी वर्षा
मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार बितेको २४ घण्टामा काठमाडौंमा भारी (६४ मिलिमिटर) वर्षा भएको छ । मौसमी मापदण्डअनुरुप ५० भन्दामाथि १०० सम्म भारी वर्षा मानिन्छ । एक सयभन्दा बढी अति भारी वर्षामा गनिन्छ । १५ मिलिमिटरसम्म हल्का र १५ देखि ४९ मिलमिटरलाई मध्य वर्षाको रुपमा लिइन्छ । काठमाडौंमा तीन दिनअघि ५४ मिलिमिटर वर्षा भएको छ ।

आज देशका पूर्वी भेगमा भारी वर्षा भएको छ । पूर्वका ओखलढुङ्गामा सबैभन्दा बढी ८७ मिलिमिटर वर्षा भएको छ । धनकुटामा ५३ मिलिमिटर वर्षा भएको छ । दाङ र नेपालगञ्जमा समान ४९ मिलिमिटर, धनगढीमा ३४, डडेलधुरामा २३ र ताप्लेजुङमा २६ मिलिमिटर वर्षा भएको छ ।

मध्य र पश्चिममा भारी वर्षा
महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर देशका मध्य र पश्चिमका केही स्थानम भारी वर्षा हुने जनाएको छ । अबको तीन दिनसम्म देभर हल्कादेखि मध्यम र केही स्थानभा भारी वर्षाको सम्भावना औंल्याएको हो ।

आज र भोलि मङ्गबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै जसो स्थानमा मध्यमदेखि भारी वर्षा हुने जनाइएको छ । आज दिउँसो पूर्व र मध्यका थोरै स्थानमा र पश्चिमका केही स्थानभा भारी वर्षा भएको छ भने राति पश्चिमका थोरै स्थान र मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मङ्गलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ भने पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अहिलेको वर्षा अन्य कुनै मौसमी प्रणालीको प्रभाव नभई मनसुन न्यूनचापीय रेखाको प्रभावले नै बदली र वर्षा गराएको तथा बुधबारदेखि मौसममा क्रमिक सुधार आउने मौसमविद् पौडेलको भनाई छ ।

मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (तराईको सिमाना क्षेत्र) रहेकाले विगत केही दिनयता निरन्तर वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उक्त प्रणालीको प्रभावले नेपालमा १० दिनयता दिनहुँजसो देशका धेरै भू–भागमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भएको छ ।